समाचार

‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक २०७५’ स्वीकृत



भदौ १९, कामठाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक २०७५’ प्रस्ताव स्वीकृत भएको छ ।

यस अघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले सो विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव संसदमा प्रस्तुत गरेका थिए ।

उक्त विधेयक माथि सांसदहरुले उठाउनु भएको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले आधारभूत शिक्षा नलिनेलाई सामािजक रुपमा कुनै पनि सेवा तथा सुविधा प्राप्त नहुने व्यवस्था विधेयकमा राखिएकाले आगामी केही वर्षभित्रै कुनै पनि नागरिक निरक्षर नरहने भन्दै सबैलाई शिक्षा, व्यवहारिक र प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्य रहेको बताए ।

प्राविधिक शिक्षाको पहुँचलाई सहज बनाउन लागिएको र केही प्रक्रियासमेत शुरु भएको उल्लेख गर्नुभयो । चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा करीब ११ प्रतिशत मात्रै बजेट उपलब्ध भएको उल्लेख गर्दै मन्त्री पोखरेलले क्रमशः बजेट बढाउँदै लैजाने छौ भन्नुभयो । त्यस्तै कक्षा १२ सम्म शिक्षा निःशुल्क बनाउने क्रममा सरकार लागिरहेको र त्यसमा देखिएका समस्यालाई समेत क्रमशः हटाउँदै लगिने मन्त्री पोखरेलले बताए ।

हाल देशभर २३ हजार विज्ञान तथा गणित शिक्षक जरुरी रहेको भन्दै मन्त्री पोखरेलले बजेटको वृद्धि नभइ ती विषयमा शिक्षकको दरबन्दी बढाउन नसकीने बताए ।