राजनीति

झापामा लाखौं रकम सहित क्यासिनोका कर्मचारी श्रेष्ठ पक्राउ



भदौ १९, झापा । मेचीनगरबाट चोरीको रकमसहित मेचीनगर–६ का २५ वर्षीय मिलन श्रेष्ठ प्रहरीले सोमबार प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले मेचीनगर–६ स्थित एसेस लाउण्डा मिनी क्यासिनोबाट गत भदौ ९ गते दराज फुटाएर रु ११ लाख ९३ हजार चोरी गरेका थिए । क्यासिनोमै काम गर्ने कर्मचारीको टिप्स राख्ने दराज फुटाएर उनले चोरी गरेका थिए । श्रेष्ठ सोही क्यासिनोका कर्मचारी हुन् । उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ ।