Banner News

‘कहाँबाट आयो यो सैन्य अभ्यास ? यो क्षमता अभिवृद्धि हो’ : प्रधानमन्त्री ओली



भदौ १९, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले क्षमता अभिवृद्धिबाहेक अरु कुनै सैन्य अभ्यास नहुने प्रष्ट पारेका छन् ।

प्रतिनिधि सभा बैठकमा सासदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने कहाँबाट आयो यो सैन्य अभ्यास ? यो क्षमता अभिवृद्धि हो ।‘क्षमता अभिवृद्धिबाहेक अरु कुनै सैन्य अभ्यास नहुने र मिलिटरी प्याक्टमा नेपाल प्रवेश गर्नै सक्दैन ।’

उनले सार्क राष्ट्रका सदस्यहरुबीचका असमझदारी हटाउनुपर्ने पनि बताए । उनले नेपालको परराष्ट्र नीति कतै ढल्कने र पक्षविपक्षमा लाग्ने नभएको स्पष्ट पार्दै वर्तमान सरकार राष्ट्रहित विपरित कुनैपनि प्रश्न उठ्न नदिने बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय, क्षेत्रिय हितका विषयहरुमात्रै सम्मेलनको घोषणापत्रमा उल्लेख गरेको भन्दै उनले अन्तरष्ट्रिय कुरालाई अनावश्यक उचाल्न नहुने बताए । उनले सुरक्षाका सवालमा सांसदहरुले उठाएको प्रश्नमा सरकार प्रमुखहरुले सुरक्षाकर्मी लैजाने परम्परा नै भएको बताए ।

रिट्रिट स्थल फेरिनुमा पनि प्रधानमन्त्रीले जवाफ दिए । ‘चौरीमा पानी परिरहेको अवस्थामा बस्न मिल्दैन अनि सुरक्षित स्थान खोज्नैपर्छ,’ उनले भने । राष्ट्रिय सभागृहमा सम्मेलन किन भएन भन्ने प्रश्नमा जहाँ सहज भयो त्यहि गरेको उनले भने ।

साथै भारतीय सेना प्रमुख र नेपालको सेनाप्रमुखबीच मानार्थ पद दिने परम्परा भएकाले त्यसविषयलाई पनि अनावश्यक डिक्लियरेसनको कुरा नगर्न समेत आग्रह गरेका छन ।