भदौ २०, भोजपुर । नेत्रविक्रम चन्द ’विप्लव’ प्रवक्ता खड्गबहादुर विश्वकर्मा ’प्रकाण्ड’ लाई मंगलबार बयानका लागि जिल्ला अदालत भोजपुरमा उपस्थित गराइएको छ ।
‘प्रकाण्ड’माथि जिल्ला अदालत भोजपुरमा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएको जिल्ला अदालत भोजपुरका उपस्थित गराइएको हो।
प्रकाण्डलाई बुधबार विहान करिब साढे ११ बजे बयानका लागि जिल्ला प्रहरी कार्यालयबाट अदालतमा लगिएको हो । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएकै भोलिपल्ट उनलाई मोरङको विराटनगर विमानस्थल हुँदै प्रहरीको गाडीमा मंगलबार राति सवा ११ बजे भोजपुर ल्याइएको थियो ।










प्रतिक्रिया दिनुहोस्