राजनीति

स्वीट्जरल्याण्डद्वारा नेपाललाई दुई अर्ब सहयोग



भदौ २०, काठमाडौँ ।  स्वीट्जरल्याण्ड सरकारले सुरक्षित आप्रवासन परियोजना सामी कार्यान्वयन गर्न नेपाल सरकारलाई  दुई अर्ब  सहयोग भएको छ ।

अर्थमन्त्रालयमा आज भएको  कार्यक्रममा अर्थसचिव डा.राजन खनाल र  स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले  सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

चारवर्षे सो परियोजना १६ सेप्टेम्बर २०१८ देखि कार्यान्वयन सुरु भई १५ जुलाई २०२२ सम्म रहने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुख्य संयोजन गरी सामी परियोजना सातवटै प्रदेश समावेश हुने गरी ३९ जिल्लाका  नगरपालिका,गाउँपालिका मार्फत कार्यान्वयनमा आउने छ ।

उक्त परियोजनाले सुरक्षित आप्रवासनका लागि कानूनी सहायता, तालीम, क्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा सहयोग पुर्याउने छ ।