भदौ २१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले आवश्यक कागजात पुरा नगरी विदेशजान खोज्ने व्यक्तिलाई फिर्ता वोलाएको सन्दर्भमा नेपाली काग्रेसका सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्रीको राजिनामा माग गर्नु हास्यास्पद भएको बताएका छन् ।
संसदको विशेष समयमा वोल्दै सांसद वस्नेतले उक्त विषयलाई सांसदहरुले राजनैतिक गर्ने उद्देश्यका साथ प्रधानमन्त्री तथा गृहमन्त्रीमाथि प्रश्न उठाउने कार्य गलत भएको वताए । उनले शुन्य र विशेष समयको गरिमा माथि नै प्रश्न उठ्ने परिस्थिती नवनाउन समेत आग्रह गरेका छन् । सांसदहरुले तथ्यहिन समाचारलाई आधारमानि प्रचारवाजीको लागि अभिव्यक्ति दिइएको र त्यही समाचारलाई आधार वनाई तथ्यहिन समाचारलाई सदनमा प्रस्तुत गर्ने सदावहार सांसदहरुको अभिव्यक्तिले गरिमामय सदनको गरिमा माथि नै प्रश्न उठेको बताए ।
उनले समाज कल्याण परिषदले विभिन्न एनजिओ तथा आइएजिओबाट विदेश जाने प्रक्रियालाई नियमन गर्नको लागि अध्यागमन विभागको कार्यविधि ३ (१)को ३ मा विशेष गरी संकास्पद देखिएका कागजपत्र तथा अन्य आवश्यक काजातहरु देखिएमा रोक्न सक्ने कानुनी प्रावधान रहेको वताए ।
सांसद वस्नेतले नेपालको संविधान नमुना संविधान भएको भन्दै पूर्ण प्रेस स्वतन्त्रता प्रस्तावनामै उल्लेख भएको बताए । त्यस्तै चिकित्सकहरुले एउटा किड्नीमा अपरेशन गर्नु पर्नेमा अर्को किड्नीमा अपरेशन गर्ने तथा एउटा खुट्टामा अपरेसन गर्ने ठाउँमा अर्को खुट्टामा गर्ने कार्य नहोस् भन्ने उद्देश्यका साथ मुलुकी ऐन आएको बताए ।
पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको पालामा नै लागु भए पनि कार्यान्वयनमात्र २०७५ भदौ १ गतेदेखि भएको देवानी र फौजदारी संहिताको लामो समयदेखि छलफल तथा वहस भएको भन्दै सांसद वस्नेतले वद्री बहादुर कार्की, खिलराज रेग्मीले देवानी संहिता, कल्याण श्रेष्ठले फौजदारी संहिताको ड्राफ्ट तयार पारेको र सदनमा आएको साथै राधेश्याम अधिकारी, कृष्ण भक्त पोखरेल लगायतले त्यसको व्यापक तयारी गरी अघि वढेको जानकारी गराए ।










प्रतिक्रिया दिनुहोस्