Banner News

नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउन भ्रमण आएको छु : अध्यक्ष प्रचण्ड



भदौ २२, नयाँ दिल्ली ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड भारतको भ्रमणमा रहेका  छन् ।

भ्रमणको क्रममा नयाँ दिल्लीमा रहेका प्रवासी नेपालीहरुसँग आज छलफल गर्दै उनले नेपाल भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको बताएका छन् ।

उनले बदलिएको परिस्थितिमा नेपाली कार्यवहाक राजदूत र कर्मचारीलाई अझ सक्रियतापूर्वक र गम्भीरतापूर्वक कार्यसम्पादन गर्न आग्रह समेत गरे । प्रवासी नेपालीसँग भेटघाटको व्यवस्था मिलाएकोमा कार्यावहाक राजदूत तथा दूतावासका कर्मचारीहरुमा धन्यवाद ज्ञापन गरेका छन  ।

प्रवासी नेपालीहरुले नेपाली सीमामा हुने गरेका घटना रोक्न पहल गर्न आग्रह गरेका थिए भने बैंक खाता, भोटर आइडी, इस्योरेन्स लगायतका समस्याका बारेमा पनि समाधानका लागि पहल गर्न अनुरोध गरेका थिए ।