राजनीति

अध्यक्ष प्रचण्ड र भारतीय गृहमन्त्री सिंहबीच भेटवार्ता



भदौ २२, नयाँ दिल्ली । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।

भेटमा अध्यक्षले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिदै  अध्यक्षले आज बिहान प्रवासी नेपालीसँग भएको छलफलमा प्रवासीहरुले सीमा क्षेत्रमा नेपाली माथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी घटना घट्न नदिने बताएका छन  ।