भदौ २३, भक्तपुर । अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नं. २ द्वारा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार सम्पन्न भएको उक्त कार्यक्रममा वोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, प्रभावशाली युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले नेपाली महिलाहरुको महान चाड हरितालीका तीजको सम्पूर्ण देश तथा विदेशमा रहनुभएका महिला दिदी वहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा वोल्दै सांसद वस्नेतले तीजमा अविवाहित महिलाले शिवजी जस्तो श्रीमान पाउँ भनि र विवाहितले पतिको आयु लामो तथा उज्वल भविष्य होस् भनि खाली पेटमा प्राथना वा व्रत वस्ने भन्दा पनि आफ्नो स्वास्थ्यलाई ध्यान दिई व्रत वस्न सुझाव दिनुभएको छ । त्यस्तै उहाँले तीजमा कुनै भड्कीलो तथा उच्छ्रिङ्खल नवनाई सभ्य र परिस्कृत रुपमा मनाउनुपर्ने बताउनु भएको छ ।
त्यस्तै सांसद वस्नेतले देश संघिय लोकतान्त्रीक गणतन्त्रमा केही व्यक्ति वा मिडियाले अनावश्यक रुपमा करको हल्ला चलाई सरकारको वदनाम गर्ने प्रयास गरेको बताउँदै यस्तो झुटको खेती धेरै समयसम्म नटिक्ने वताउनु भएको छ । अनावश्यक कुरालाई समचार वनाई प्रचारको खेतीमा सांसदहरु समेत लागेको बताउँदै कसैको विरोधले सरकारको विकासे नीति नरोकिने बताउनु भएको छ ।
त्यस्तै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको श्रीमती राधिका शाक्य, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, उपमेयर जुना वस्नेत, स्थानिय जनप्रतिनिधि, अखिल नेपाल महिला संघ भक्तपुरका पदाधिकारी तथा उल्लेख्य महिलाहरुको उपस्थिती रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्