भदौ २३, एजेन्सी । अमेरिकाको ड्याकोटा राज्यको उत्तरी भागमा जम्मा २ जना मान्छे बस्ने सहर रहेको छ ।
यो सहरको जनसंख्या जम्मा २ जना मात्र रहेको छ । तर, पछिल्लो समयमा आशा पलाएको छ । किनकी सहरको जनसंख्या दोब्बरले बढेर ४ पुग्ने अपेक्षा गरिएको छ ।
रुजोस्थित म्याकलिन काउन्टीका मेयर ८६ वर्षीय ब्रुस लोरेन्जको गत जुलार्इमा निधन भएको थियो । उनको निधन भएसँगै उक्त सहरको अस्तित्व नै लोप हुने जोखिम बढेको थियो । उक्त सहरको नागरिकता प्राप्त गर्नका लागि योग्य एकजना अर्का व्यक्ति फेला परेका छन् ।
ग्रेग स्कमाल्ज नामका व्यक्तिसँग रुसो सहरको पोष्ट बक्स नम्बर रहनुका साथै कुखुरा र घोडा फार्म हेर्नका लागि हरेक दिन सहरमा आउने गर्दछन् । त्यसैले उनलाई सहरको नागरिकता प्रदान गरी मेयर बनाउने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्