समाचार

एल्टिच्यूड एयरको हेलिकप्टर धादिङको दुर्घटनाग्रस्त (यात्रुको नामावली)



भदौ २३,  काठमाडौं ।  गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

छ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको सो  हेलिकप्टर धादिङको गंगाजमुना गाउँपालिकास्थित रि गाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । हेलिकप्टरमा पाइलटसहित एक जापानी नागरिक र ५ नेपाली सवार रहेका थिए ।

 हेलिकप्टरमा सवार रहेकामा जापानी नागरिक हिरोमी कोमात्सु,  रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका  ल्हो आनी डाेल्पा डिक्की, छोवाङ नुर्बु र सुनिल तामाङ छन् ।

‘सम्भावित ठाउँमा खोजीका लागि दार्खा र नुवाकोटबाट प्रहरीको टोली खटाइएको छ ।