Banner News

ठूल्ठूला आयोजना सम्पन्न गराउन सरकारले ‘आयोजना बैंक’ निर्माण गर्ने



भदौ २४, काठमाडाैं ।  सरकारले राष्ट्रिय योजना मार्फत् ठूल्ठूला आयोजना सम्पन्न गराउनका लागि ‘आयोजना बैंक’ निर्माण गर्ने भएको छ ।

आइतबार प्रतिनिधिसभा अर्थ समितिको बैठकमा बोल्दै आयोगका सचिव अर्यालले मुलुकलाई समृद्ध बनाउन आवश्यक पर्ने भएकाले तथ्यपरक नीति तथा योजना तर्जुमाको कामलाई आयोगले प्राथमिकतामा राख्नु पर्ने  स्पष्ट पारेका छन ।

त्यसैगरी आयोगले बनाइएका योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन र मूल्यांकनको कामलाई दोस्रो प्राथमिकतामा राखेको छ । आयोगले व्यापार घाटा  हुन नदिन  आवश्यक अनुसन्धानको कामलाई पनि अघि बढाउने भएको छ । नेपाल–चीन ट्रान्स हिमालय आर्थिक कोरिडोर निर्माणको कामलाई अघि बढाउने, कृषि अनुदानको प्रभावकारी संचालन, सुरक्षित र पोषिलो खाद्यान्न उत्पादन र उपभोगमा सुधार ल्याउन जोड दिने पनि आयोगको योजना रहेकाे छ ।