समाचार

भोजपुरमा अवैध चन्दा संकलन गर्ने महिला पक्राउ



भदौ २४, भोजपुर ।  भोजपुर जिल्लामा  वैध रुपमा चन्दा संकलन एक महिला पक्राउ परेकी छन् ।

आइतबार उनि चन्दा संकलन गर्दै गर्दा गुल्मी तम्घास–२ की ४० वर्षिय भगवती कुमाल पक्राउ परेकी हुन् । अपाङ्ग सरोकार केन्द्र बालाजु काठमाडाैंको नाममा छाप नभएको रसिदबाट चन्दा उठाउँदै गरेको गोप्य सूचनाका आधारमा कुमाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कुमाललाई २२ जनाबाट संकलन गरिएको २१ हजार, नगदी रसिद, अर्धकट्टी अपाङ्गहरुको खिचिएको तस्बिर, घडी, ब्रासलेट, बिलसहितललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।