राजनीति

महिलालाई अग्रपंतिमा लैजादै समृद्धिमा हातेमालो : सांसद जिसी



भदौ २५, वाग्लुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की प्रभावशाली नेतृ, समाजसेवी तथा सांसद मनाकुमारी जिसीले समानताको नौलो किरण प्रदान गर्न महिलालाई अग्रपंतिमा लैजादै समृद्धिको हातेमालो गर्दै अघि वढ्नुपर्ने बताउनुभएको छ ।

नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा गल्कोट एफ एम बागलुङको आयोजनामा ‘बृहत तिज गित प्रतियोगिता’ कार्यक्रममा वोल्दै सांसद जिसीले ‘नारी र पुरुष एक रथका दुई पाङग्रा’ रहेको भन्दै सुख, शान्ति र समृद्धिको लागि सवै निकाय तथा स्थानीय जनताहरु एक भई हातेमालोका साथ विकास र समृद्धि अहिलेको अनिवार्य आवश्यकता रहेको बताउनुभएको छ । सांसद जिसीले सम्पूर्ण स्थानीय जनप्रतिनिधि तथा सम्वन्धीत निकायहरुलाई देश र जनता प्रति समर्पित हुन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा वोल्दै सांसद जिसीले उक्त एफएमले ग्रामिण भेगका जनतालाई मन मुटुको सारथिको रुपमा काम गरेको वताउँदै सत्य, तथ्य र निष्पक्ष विश्लेशणमा कतिपनि विचलित नभई अघि वढ्न आग्रह गर्नु भएको छ । सत्य र वास्तविकता माथि कलम तथा आवाजको माध्यमवाट सञ्चारको दुनियाँ सञ्चालन गर्ने व्यक्ति वा संस्थालाई भदौ १ गतेदेखि लागु भएको ऐनले कुनै पनि असर नपर्ने बताउनुभएको छ । कुनियतका साथ कार्य अघि वढाउने पत्रकार तथा चिकित्कसको लागि मात्र उक्त ऐनले कारवाहिको दायरामा ल्याउने बताउँदै वास्तविकताको निम्ती निडरताका साथ आफ्नो पेशालाई जनमुखी वनाई अघि वढ्न आग्रह गर्नुभएको छ ।

नेपाली महिलाहरुको लामो आन्दोलनका कारण देशमा ऐतिहासिक सफलता हासिल गरेको भन्दै सांसद जिसीले आधा आकाश ढाक्न सफल महिलामाथि दिनानुदिन जघन्य अपराधिक घटनाहरु वढ्नु दुःखद भएको भन्दै वलत्कार तथा वलत्कार पछि हत्या भएका घटनाहरुलाई सम्बन्धीत निकायहरुले कडाईका साथ लागु नगर्नाले यस्ता प्रकारका जघन्य अपराधहरु क्रमिक रुपमा वढ्दै गएको बताउनुभएको छ ।

सांसद जिसीले बागलुङमा भएको रुपा हत्याकाण्ड, कन्चनपुर र बिभिन्न ठाउमा भएको हत्या हिंसा बलत्कारका घटनाले राष्ट्र र राष्ट्रियता माथि नै गम्भीर प्रश्न चिन्ह खडा गरेको बताउँदै यस्ता जघन्य अपराधका कार्यहर निर्मुल बनाउन आफ्नो तर्फवाट संघिय संसदमा जस्तोसुकै आवाज वुलन्द गर्न पछि नपर्ने बताउनु भएको छ । आफु आवज मात्र वुलन्द गराउने नभई वुलन्द आवाजलाई व्यवहारिकतामा लागु गरेरै छोडने समेत दृढता व्यक्त गर्नुभएको छ ।

देशमा कलिला वालिकादेखि वृद्धासम्मलाई वलत्कार गर्ने मात्र नभई आफ्नै घर परिवार भित्रका सदस्यहरुले समेत यस्तो घिनलाग्दो कार्य गर्ने गरेको भन्दै आफ्नै परिबारका सदस्यसँग समेत शसंकित हुनुपर्ने परिस्थिती सिर्जना हुँदै गएको बताउनु भएको छ । यस्ता जघन्य अपराधिक कृयाकलापलाई नियन्त्रण गर्न कानुन कार्यान्वयन गर्ने पक्षले कठोरताका साथ अघि वढ्न आग्रह समेत गर्नुभएको छ ।

राष्ट्रपति विद्याादेवी भण्डारीले महिला हिंसा अन्त्यका लागि सबै तहबाट सचेतना र विवेकशिलतालाई परिवर्तन र कानुनी दायरामा ल्याई पिडितलाई न्यायको अनुभुति प्रदान गराउनु भन्ने सन्देश रहेको बताउनुभएको छ । विश्वको इतिहासमा कमै मात्रामा देशको प्रमुख पदमा महिला रहकोमा नेपाल पनि एक रहेको भन्दै वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी विश्वकै एक प्रभावशालि तथा योग्य राष्ट्रपतिको रुपमा रहेको दावि गर्नुभएको छ । नेपालको संविधानले दिएको महिलाको अधिकारलाई व्यवहारिकतामा परिणत गर्नुपर्ने भन्दै सांसद जिसीले जनताको सारथि हुन सम्पूर्ण जनप्रतिनिधि तथा सरोकारवाला निकायलाई आग्रह समेत गर्नुभएको छ ।

देशमा दाईजो, वोक्सी, छउपडि तथा अन्य विभिन्न प्रकारका कुरीतिका कारण महिलाहरु असुरक्षित मात्र नभई आफ्नो जीवनलाई त्याग्नुपर्ने तितो यथार्थ रहेको भन्दै समानता सहितको विकासित मुलुक निर्माण गर्न महिलाको भुमिका अतुलनिय रहेको र आगामि दिनमा अझ वढी शक्तिशाली वनाउँदै जानुपर्ने औल्याउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले गल्कोट एफएमलाई गल्कोटेहरुले साथी बनाउनुपर्ने उल्लेख गर्दै रेडियोले जसले आफनो आवाज बोल्न सक्दैनन उनिहरुको आवाजलाई बुलन्द बनाउन आग्रह गर्नुभयो । समाजमा पिल्सिएका महिलाहरु, पीडामा परेका ब्यक्तिको आवाज बन्न समेत खरेलको आग्रह थियो । समाजमा अझै पनि पीडामा परेका महिलाहरुले राहत पाउन नसकेको भन्दै प्रजिअ खरेलले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन रेडियोले सकरात्मक भुमिका खेल्नुपर्नेमा जोडदिनुभयो ।

कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले तीजको नाममा देखासिकी र भड्किलो तरिकाले भन्दा पनि महिलाहरुले तीजलाई मर्यादितरुपमा आफना दुख पीडालाई उजागर गर्ने गरि मनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न प्रतियोगीहरुले आधा आकासको नारीले अव विकास गर्नुछ हामीले भन्दै गितको माध्यमवाट देशमा भइरहेको वलत्कार, महिला हिंसा जस्ता कुराहरुका कारण नारी विनाको अन्धकार घर, कुरिती र कुसस्कारलाई तोडेर उठौ नारी देशको मुहार फेरेर, चेतनाको लहर बोकी गाउँ गाउँ परिवर्तन र सिर्जनात्मक बनाउँ, देशमा राष्ट्रपति भण्डारी तथा ओनसरी घर्ती जस्ता कयौ नेपाली महिलाहरु क्षमता तथा दक्षताका साथ अघि वढीरहेकोले समानता, स्वतन्त्रता र निर्भिकता प्रदान गर्नुपर्ने, विदेशमा नेपाली दाजुभाई तथा दिदिवहिनीहरुले पाएको दुःख र कष्टलाई उजागर गर्दै राष्ट्रिय भावले ओतप्रोत भएका गितहरु प्रस्तुत गर्दै समानताको नौलो किरण प्रदान गर्न महिलालाई अग्रपंतिमा लैजानुपर्ने गीतको माध्यमबाट प्रस्तुत गरेका छन् ।