सम्पादकीय

विष्ट सधैं विवादित, महिला प्रहरीमाथि दुर्व्यवहार



निलम्बित एसपी डिल्लीराज विष्ट दुई बर्ष दार्चुलामा डीएसपीको रुपमा बसेको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ ।  आजको कान्तिपुरमा छापिएको छ ।

बिष्ट ०६४ पुस ३० देखि ०६६ मंसीर २८ सम्म दार्चुलामा प्रमुख भएर कार्यालय चलाएका थिए । उक्त अवधिमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत महिला प्रहरीलाई दुव्र्यवहार गरेको आरोप लगाएर स्थानीयले जिप्रका घेराउ र आन्दोलन भए पछि जिल्ला बाहिर तानिएको स्थानीय बताउँछन् ।

विष्ट जिल्लामा प्रहरी प्रमुख भएको बेला दुहु गाउँपालिका ३ को ब्रहमदेव प्रहरी चौकीमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको थियो ।

‘महिला मामिलामा उनमा कमजोरी थियो’ एक जना स्थानीयले भने, ‘यहाँ बस्दा उनको व्यवहार र कामकारबाही निष्पक्ष नै थियो स्थानीय भएकाले पनि हुन सक्छ ।’