समाचार

प्रशारण लाइनको क्षमता कमजोर हुनु नै लोडसेडिङ : प्रमुख घिसिङ



भदौ २९,  काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्रशारण लाइनको क्षमता  कमजोर भएकाले समाप्त भइसकेको लोडसेडिङको समस्या बल्झिएको बताएका छन ।

 काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोडसेडिङको समस्या समाधानका लागि प्राधिकरणले विशेष योजना बनाएर कामलाई अघि बढाएको पनि जानकारी दिएका छन।

 प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गाउँघरमा सामान्य नागरिकको समेत ज्यान जाने जोखिमपूर्ण अवस्था रहेकाले नाङ्गा तार विस्थापित गर्ने अभियानलाई पनि जोड दिइएको स्पष्ट परेका छन ।