भदौ २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रिदर ३० रुपैयाँ ८८ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६४ र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५३ पैसा तोकेको छ ।
कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २७ र बिक्रिदर १० रुपैयाँ ३३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८० रुपैयाँ ४० पैसा छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ ३८ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा र बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०५ रुपैयाँ ५८ पैसा र बिक्रिदर ३ सय ०७ रुपैयाँ १३ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्