भदौ २९, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले पत्रकार राजु बस्नेतलाई कानुन बमोजिम नै पक्राउ गरिएको बताएका छन ।
राष्ट्रिय सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले नागरिकहरुको अपमान गरेको तथा झुठा समाचार प्रकासन गरेको भन्ने बारेमा उजुरी परेपछि उनलाई कानुन बमोजिम नै पक्राउ गरिएको बताएका हुन् ।
सम्बन्धित निकायमा उजुरी परेपछि ति निकायले नै कानुन बमोजिम बस्नेतलाई पक्राउ गरेको हो । प्रेस स्वतन्त्रताको हनन् गरेको नभई कानुन कार्यान्वयनको सवालमा स्टेप चालिएको थापाले बताएका छन










प्रतिक्रिया दिनुहोस्