सम्पादकीय

एकीकृत सम्पत्ति करले महानगरको राजस्व बढ्यो



काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षदेखि एकीकृत सम्पत्ति कर लागू गरेपछि राजस्व संकलन प्रभावकारी देखिएको छ । यो समाचार आजको कान्तिपुरमा छापिएको छ ।

गत बर्ष साउनमा १५ करोड राजस्व संकलन भएकोमा यस बर्ष दोब्बर भएको राजस्व विभागका निर्देशक दीपक अधिकारीले बताए । यही अनुपातमा राजस्व संकलन हुने हो भने आर्थिक बर्षको अन्त्यसम्ममा अनुमानित लक्ष्य प्राप्त हुने उनले बताए ।

आर्थिक बर्ष २०७५/०७६ मा १२ अर्ब ४ करोड ११ लाख ५७ हजार कर उठाउने लक्ष्य महानगरको छ । महनगरमा १२ हजार ७९ करदाता छन् ।