विश्व

एचआइभीको उपचारका लागि नयाँ रणनीति अप्नाउन आह्वान



 

हानोई, ११ फागुन । भियतनामका स्वास्थ्य मन्त्रीले एचआईभी÷एड्सको रोकथाम, सचेतना र उपचारका लागि नयाँ रणनीति अप्नाउन आह्वान गर्नुभएको छ ।

यस सम्वन्धी कार्यक्रमलाई जेल, दुर्गम र गरिवीमा रहेकालाई प्राथमिकता दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

भियतनामको एचआइभी÷एड्स रोकथाम तथा नियन्त्रण निकायका प्रमुख न्युयन होङ लङले एचआइभी÷एड्स रोकथाम तथा नियन्त्रणका लागि अप्नाइएको रणनीतिमा सुधार गर्नुपर्ने र उपचार सेवालाई थप गुणस्तर बनाउनुपर्ने बताउनुभयो ।

भियतनामको सरकारी समाचार संस्था भिएनएसँगको कुराकानीमा उहाँले भियतनाममा झन्डै दुई लाख पाँच हजार जना एचआइभी सङ्क्रमित भएको सरकारी तथ्याङ्क रहेको जानकारी दिनुभयो । तीमध्ये एक लाख १५ हजार ५९४ जनालाई मात्रै उपचारको शिलशिलामा रहेका उहाँले बताउनुभयो ।÷सिन्ह्वा