राजनीति

‘स्वदेश फर्कनुहोस्, लगानि गर्नुहोस्’ क्षमता तथा योग्यताको कदर हुन्छ : सांसद पहारी



आसोज १, क्यानडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, युवासंघ नेपालका पूर्व अध्यक्ष तथा प्रदेश सांसद राजिव पहारीले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्कि नेपालमा नै गानी गर्न आग्रह गर्दै क्षमता, दक्षता तथा योग्यताको कदर गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

प्रवासी नेपाली मञ्च क्यानडाले टोनन्टोमा आयोजना गरेको वृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै विदेशको अनुभवताका आधारमा नेपालमा नै शैक्षिक प्रणाली लागु गर्दै देशमा आर्थिक, सास्कृतिक, सामाजिक, भौतिक, वातावरणीय लगायतको विकास गर्नुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा उहाँले भन्नेभयो ‘विदेशमा रहेका नेपालीलाई नेपाल फर्काउन कुन बाटो अवलम्बन गर्नुपर्छ हामी गर्न तयार रहेको छौं, सरकार तयार छ ।’ कसले के भन्यो भन्दा पनि पार्टी तथा सरकारले आधिकारीक निर्णय के गर्यो भन्ने कुरा मुख्य रहेको बताउँदै सांसद पहारीले चर्चामा आउनुको लागि विभिन्न प्रकारका अनौतिक कृयाकलापहरु गर्ने गरेको जसमा केही राजनैतिक दलले समेत संलग्नता रहेको दावि गर्नुभएको छ ।

नेकपाले विदेशमा रहका सम्पूर्ण नेपालीलाई देशमा नै लगानी मैत्री वातावरणको निर्माण गर्ने बताउनुभएको छ । सांसद पहारीले विदेशमा रहेका नेपालीहरुले पुँजी, सिप क्षमता तथा दक्षता नेपाल नभित्र्याएसम्म समृद्ध नेपाल र सुखि नेपाली हुन सक्दैन भन्दै नयाँ नेपाल निमार्ण गर्नको लागि एनआरएनले उठाएका मागहरु संसदबाट पारितभएपछि सम्पूर्ण कुराहरुको समाधान हुने बताउनुभएको छ ।

नेपाल भौतिक रुपमा गरिव भएपनि प्राकृतिक रुपमा धनी रहेको बताउँदै उहाँले जोसँग जेछ त्यही लिएर, जहाँ छौं त्यहिबाट समृद्ध देश वनाउनु लग्नु पर्ने धारणा प्रस्तुत गर्नुभएको छ । उहाँले विदेशको अनुभवतालाई देश निर्माणमा लगाई अघि वढ्न अव कुनै समस्या नहुने बताउँदै विदेशमा रहने नेपालीहरु अव नेपालमा आर्थिक क्रान्ति गर्न आउनु आग्रह समेत गर्नुभएको छ ।

योग्यता क्षमता हुनेले अवका दिनमा देशको नेतृत्व गर्ने भन्दै मैले पार्टीमा यतिको लामो समयदेखि काम गरिआएको छु र मैले अवसर पाउनुपर्छ भन्ने दिन गएको बताउँदै सांसद पहारीले शिक्षित तथा योग्य व्यक्तिले जनप्रतिनिधिलाई खवरदारी गर्नुपर्ने बताउनुभएको छ ।

नयाँ नेपाल निर्माण गर्न रचनात्मक रुपमा भुमिका खेल्न एनआरएनलाई आग्रह गर्दै सांसद पहारीले नेकपा नै अहिलेको अवस्थाको एनआरएन तथा अन्य सवै प्रकारको समस्या समाधान गर्ने पार्टी भनेको नै नेकपा र नेकपाले नेतृत्व गरेको दुई तिहाईको सरकार भएको दावि गर्नुभएको छ ।