आसोज ३, एजेन्सी । मलेसियामा विषाक्त रक्सीका कारण मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ ।
मृत्यु हुनेमा सञ्जय उराव, विशाल बुढाथोकी र मिमबहादुर घलेको रहेका छन भने तीनजनाको नाम खुल्न बाँकी रहेको बताएको छ । विषाक्त रक्सी पिउँदा अरु १५ जना नेपाली बिरामी भएका छन् । उनीहरुको मलेसियाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार बेलुकासम्म बिरामी पर्नेको संख्या ५१ पुगेको छ । बिरामीमध्ये तीन जना मलेसियाली नागरिक छन् भने बाँकी नेपाल, म्यानमार, बंगलादेश र भारतका नागरिक रहेका छन् ।
बिरामीहरुबाट लिइएको जानकारीअनुसार उनीहरुले तीनवटा ब्राण्डका रक्सी किनेका थिए । मण्डले ह्विस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्विस्की उनीहरुले स्थानीय बजारबाट किनेका हुन् ।










प्रतिक्रिया दिनुहोस्