Banner News

संविधान सामूहिक चाहना समेटिएको साझा दस्तावेज हो : प्रधानमन्त्री ओली



असोज ३, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान सामूहिक चाहना समेटिएको साझा दस्तावेज भएको बताएका छन

काठमाडौंको टुँडिखेलमा नेपालको संविधान जारी  भएको अवसरको  विशेष कार्यक्रममा उनले नेपालको संविधान, नेपाली कानूनको स्रोत, दस्तावेज मात्रै नभएर सारा नेपालीको सामूहिक चाहना समेटिएको साझा दस्तावेज भएको बताएका हुन्  ।

  प्रधानमन्त्री ओलीले सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको नयाँ संविधानले नागरिकको आकांक्षा र आशा समेटेकाले असन्तुष्टिलाई छलफल मार्फत टुंग्याउनु पर्ने बताएका छन  ।

कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्री, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।