असोज ५, काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब ३ करोड रुपैयाँ, १ सय ८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँ र ३ सय ६४ दिनका लागि २ अर्ब रुपैयाँ गरी १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल विक्रि गरिन्छ ।
एकै व्यक्ति वा संस्थाले अलग-अलग वा बहु-मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्