असोज ५, एजेन्सी । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले शिष्टाचार भेट गरेका छन् ।
भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध नयाँ उचाईमा पुगेको भन्दै सिचुवान प्रान्त र नेपालको सम्बन्ध विशिष्ट रहेको बताए । उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपाली भूमिलाई चीन विरोधी गतिविधि हुन नदिने बताए ।
भेटमा सिपिसीका सिचुवान प्रान्तका सचिव पेङले चीन नेपाल सम्बद्ध विशिष्ट प्रकारको रहेको भन्दै उपराष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको बताए । उनले दुई देशबीचको सम्बन्ध विस्तारमा खेलिरहेको भूमिकाका लागि उपराष्ट्रपतिलाई धन्यवाद दिए ।










प्रतिक्रिया दिनुहोस्