असोज ५, युएई । संविधान जारी भएको दिनको सम्झनामा युएईमा नेपाली दूतावासद्वारा संविधान दिवसको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
संविधान जारी भएको तेस्रो वर्ष पुगेको अवसरमा नेपाली दूतावास आबुधाबीले कार्यक्रमको आयोजना गरि बिहीबार संविधान दिवस मनाइएको हो ।
युएईका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिला मन्त्रालयका सचिव अहमद सरी अल मजोरोईको प्रमुख आतिथ्यता, परराष्ट्र मन्त्रालय पर्यटन विभागका महानिर्देशक सईद अब्दुल्लाह अल कामजीको विशेष आतिथ्यता कार्यक्रम भएको हो । युएईका उच्च सरकारी अधिकारीको उपस्थितीमा भएको कार्यक्रममा ९२ देशका २३ राजदूत, ४३ उपनियोग प्रमुख तथा अन्य देशका दूतावास प्रतिनिधिको उपस्थिती रहेको थियो ।
कार्यक्रमको उद्घाटन युएई र नेपालको राष्ट्रिय धुन बजाएर गरिएको थियो । अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई नेपालको कला संस्कृति झल्किले नाच तथा झाँकी देखाइएको थियो । सांस्कृतिक कार्यक्रममा आदिवासी जनजाति महासंघ युएई शाखा अन्तर्गतका विभिन्न जातीय संस्थाहरुले प्रस्तुति देखाएका थिए । नेपालको फरक मौलिकता बोकेको सुदुरपश्चिमको देउडा र त्यहाँको कला प्रस्तुत गरिएको थियो ।
संविधान दिवस मनाउँदा प्रस्तुत गरिएको नेपाली कला संस्कृतिले मिनी नेपालको झल्को दिएको विदेशी पाहुनाहरुले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्