सम्पादकीय

नेकपाको प्रदेश कमिटीमा पूर्वएमाले हावी



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशका २८ पदाधिकारी शुक्रबार टुंगो लागेको छ । पार्टीको मापदण्ड मिचेर नेताहरूले भागबन्डा गरेका छन् । समाचार आजको यो समाचार राजधानी दैनिकमा छापिएको छ ।

नेकपाले विभिन्न सरकारका पदमा रहेकालाई मुख्य जिम्मेवारी नदिने नियमावली बनाए पनि केही मुख्यमन्त्रीसहितलाई पार्टीको कार्यकारी कमिटीको प्रमुख बनाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव टुंगो लगाउँदा मापदण्ड मिचिएको हो ।प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले १२÷१२ र माधवकुमार नेपाल पक्षले ४ पदाधिकारी पाएका छन् । ने क पाको नेतृत्व भागबन्डाका आधारमा चार महिनापछि टुंगो लागेको हो ।