असोज ६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले राष्ट्र विखण्डन गर्न खोज्ने जो कोही देशी तथा विदेशी तत्वहरुसँग राष्ट्रियताको पक्षमा गर्धन थाप्न समेत तयार रहेको बताउनुभएको छ ।
‘लोकतन्त्र मेला २०७५’का क्रममा ‘संविधान दिवसको अवसर पारेर लोकतान्त्रिक मेलाको सन्दर्भमा आयोजित लोकतन्त्र समृद्ध र सुशासनमा युवाहरुको भूमिका’ विषयक विचार गोष्ठिका क्रममा बोल्दै अध्यक्ष पौडेलले नेपालको हित विपरित कुसैले कुचेष्ठा गर्ने प्रयास गरे त्यसको लागि आफ्नो संगठन तथा आम नेपाली युवाहरु जस्तोसुकै मुल्य चुकाउन पछि नपर्ने चेतावनी दिनुभयो ।
तराईमा अर्धभुमिगत रुपमा राष्ट्रियता विरुद्ध आन्दोलन गरिरहेको सिके राउत तथा छिमेकी देश भारतलाई लक्षीत गर्दै उहाँले राज्यलाई विखण्डन गर्ने कसैको अधिकार नभएको भन्दै त्यस्ता अराजक तत्वलाई कानुनको कठाघरामा ल्याई कडा कारवाही गर्न सरकारसँग माग समेत गर्नुभयो । देशको स्वधिनता र समृद्धतामाथि कसैले धावा वोलेमा त्यसको रक्षाको निम्ती संयुक्त युवा संगठनले जस्तोसुकै मुल्य चुकाई अघि बढ्ने चेतावनी समेत दिनुभयो ।
कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले कृषी, पर्यटन, जलविद्युत, उद्योग लगायतका विकास नै युवाहरुलाई देशमा नै रोजगारीको प्रमुख माध्यम भएको बताउनुभयो । उहाँले कृषिलाई वैज्ञानिक र औजारीकरण गर्नुपर्नेमा जोड दिदै भन्नुभयो ‘देशमा स्थिर सरकार बनेको छ । अब ‘एक युवा, एक सिप तथा एक रोजगार’ बनाउने अभियान सञ्चालन तीन युवा संगठनले गर्नेछ ।’
अध्यक्ष पौडेलले वर्तमान स्थिर सरकार असफल भएमा देश नै असफल हुने भन्दै लोकतन्त्रको असली रक्षाको निम्ती युवाहरु राष्ट्रको मेरुदण्ड भएको बताउनुभयो ।
त्यस्तै वाइसिएल नेपालका सचिव ज्ञानेन्द्र गुरुङले विगतमा राजनीतिक आन्दोलनको नाममा सडक आन्दोलन गरी उपलब्धी हासिल गरेको र अवका दिनमा विकास निर्माणको आन्दोलनमा लाग्न सम्पूण युवाहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसको भातृसंगठन तरुण दलका प्रतिनिधी कृष्ण खड्काले हाल नेपालमा १० प्रतिशत युवाहरुलाई मात्र रोजगारीको व्यवस्था सरकारले गर्न सकेको र वाँकी ९० प्रतिशत युवाहरु विदेशिन बाध्य भएको बताउनुभयो । त्यस्तै संघियता टिक्दैन भन्ने कसैले प्रचारवाजी गर्ने गरेको भन्दै यस्तो भ्रमपूर्ण कुरालाई नेपाली जनताले स्वीकार्न नसक्ने दावी गर्नुभयो ।
सरकार पक्षका दलका भातृसंगठन युवा संघ नेपाल, वाइसिएल नेपाल तथा प्रतिपक्षिदल नेपाली काग्रेस निकट तरुण दलको संयुक्त कार्यक्रममा राष्ट्रियता, सार्वभौमिकता र अस्मितको रक्षा गर्ने युवाहरु हातेमालो गरी रचनात्मक रुपमा सरकारलाई साथ र सहयोग गर्नुपर्नेमा एकमत देखिएका छन् ।










प्रतिक्रिया दिनुहोस्