असोज ६,पाँचथर । बालिका बलात्कार गरेको अभियोग पाँचथरमा एक जना पक्राउ परेका छन् ।
हिलिहाङ गाउँपालिकाकी एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम श्रीअन्तुका ५० वर्षीय विनोद गुरुङ पक्राउ परेका हुन् । घाँस काटन जङ्गल गएकी बालिकालाई जबरजस्ती करणी गरेको पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।
गुरुङलाई शुक्रबार जिल्लाको फाल्गुनन्द गाउँपालिकाबाट फाक्तेप प्रहरीले पक्राउ गरेको हो ।










प्रतिक्रिया दिनुहोस्