असोज ६, काठमाडौं । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन ।
यिपिन पोखरासँग असोज १ गते भगेनी सम्बन्धमा जोडिएको चिनियाँ शहर हो । ५५ लाख ६० हजार जनसंख्या भएको यिपिनलाई रक्सी र बाँसको शहर भनेर चिनिन्छ ।
उपराष्ट्रपतिले शनिबार बिहान सिचुवान युनिभर्सिटी एण्ड इञ्जिनियरिङको भ्रमण गरेका थिए । सोहि भ्रमणको क्रममा उनलाई विश्व विद्यालयलमा अध्ययनरत नेपाली विद्यार्थीहरुले स्वागत गरेका थिए ।
उपराष्ट्रपतिले अध्ययनरत नेपाली विद्यार्थीहरुलाई उत्कृष्ट नतिजा लिएर नेपालको शीर उचो राख्न आग्रह गरे ।










प्रतिक्रिया दिनुहोस्