असोज ७, नवलपरासी । नवलपरासीमा जीप दुर्घटना हुदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन ।
नवलपरासी हुप्सिकोट गाउँपालिका– ४ स्थित भैंसीघाटमा गएराति शंखदेवबाट हात्तीखोरतर्फ जाँदै गरेको लु १ ज २९२७ नम्बरकाे जीप दुर्घटना हुँदा चालक बौदीकाली गाउँपालिका–४ का कृष्ण सुनारीको मृत्यु भएको हो ।
दुर्घटनामा सहचालक मेखबहादुर मर्साङ्गी घाइते भएका छन् । भरतपुरको सीएमसी अस्पतालमा उपचाररत उनको अवस्था मध्यम रहेको जनाएको छ ।
सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको जीपबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्