असोेज ८, काठमाडौं । सवारी जामका कारण आक्रान्त बनेको कोटेश्वर–जडिवुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहार अघि नै बेलिव्रिज सञ्चालनमा आउने बताइएको छ ।
आइबार पूर्व उद्योगमन्त्री महेश बस्नेतको विशेष पहलमा सडक विभाग केन्द्रीय कार्यालय ललितपुरका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ, पिआईडी दिवाकर ढकाल, स्थानिय जनप्रतिनिधि तथा सरोकारवाला निकायहरु सहितको स्थलगत निरिक्षण पछि उक्त कुरा बताइएको हो ।
उक्त स्थानमा अरनीको राजमार्गको वैकल्पीक सडकको रुपमा हनुमन्ते नदी तथा मनोहरा नदीको करिडोर निर्माणका कार्यहरु अघि वढिरहेका छन् । त्यस्तै पेप्सीकोलादेखि सल्लाघारीसम्म पनि अरनीको राजमार्गको वैकल्पीक सडकको रुपमा सडकको चौडाई वढाउने कार्य टेण्डर भई निर्माण कार्य अघि वढिरहेको छ ।
निरिक्षणका क्रममा सांसद बस्नेतले भन्नुभयो ‘कोटेश्वर – जडिवुटीमा सवारी जामका कारण लाखौ मानिसको लामो समय वर्वाद भइरहेको र त्यसलाई दिर्घकालिन समस्या समाधान गर्न राष्ट्रिय गौरवका कार्यहरु सुरुङ मार्ग, बैकल्पीक मार्ग लगायतका कार्यहरु अघि वढिरहेको छ । हनुमन्ते नदी तथा मनोहरा नदीमा स्थायी पुलहरु निर्माणका प्रकृयामा रहेका छन् । ति दिर्घकालिन योजनाहरु पूर्ण रुपमा सञ्चालनमा नआउन्जेलसम्म अस्थायी रुपमा बालकुमारीदेखि हनुमन्ते – मनोहरा हुँदै अरनिको राजमार्गसम्म जोड्नको लागि यो वेलिव्रज बनाउने प्रकृयामा अघि वढेका हौं ।’
त्यस्तै उपत्यका विकास प्राधिकरणले समेत उक्त स्थानमा भएका सवारी जामका समस्या समाधान गर्न सडक विस्तार, खानेपानी, ढल, पुल, हवाईपुल, स्मार्ट सिटी लगायतका कार्यहरुलाई तिव्र गतिमा अघि वढाइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्