समाचार

एसिड आक्रमणबाट घाइते दासको उपचारका क्रममा मृत्यु



असोज ८, काठमाडौँ । एसिड आक्रमणबाट घाइते रौतहटकी सम्झना दासको उपचारका क्रममा  मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिका-६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करिब ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेको खुलेको छ ।

कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा दासको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।  उनकी बहिनी सुस्मिताको अवस्था भने खतरामुक्त छ ।सुस्मिताको कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ ।