असोज ८, पर्वत । पर्वत जिल्लाको महाशिला गाउँपालिका वडा नं. ३, बालाकोटले जाँडरक्सी नियन्त्रित वडा घोषणा गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच बालाकोटलाई जाँडरक्सी र जुवातास नियन्त्रित क्षेत्र घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदम गिरीले सामाजिक रुपान्तरण अभियानमा बालाकोटबासीले सुरु गरेको अभियान सह्रानीय भएको बताएका छन।
बालाकोटबासीले एक औपचारिक कार्यक्रममा सामूहिक रुपमा सपथ खाँदै आगामी दिनमा जाँडरक्सी, गाँजा र जुवातासबाट टाढै रहने प्रतिवद्धता जनाएका थिए । सांसद गिरीले जाँड रक्सी, गाँजा र तासलाई खाडलमा पुरेर अभियानको घोषणा गरेका थिए ।
अभियानले जिल्लाका सवै स्थानीय तहहरुलाई सिकाई भएको बताउँदै अन्य स्थानीय तहहरुलाई पनि यस्तो अभियानतर्फ ध्यान दिन समन्वय गर्ने जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर पौडेलले बताएका छन ।










प्रतिक्रिया दिनुहोस्