असोज ९, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले देशमा विकासको कार्यमा हात्तीको गतिलाई कसैले रोक्न नसक्ने भन्दै विकास विरोधी तत्वहरु परास्त भएर जाने ठोकुवा गर्नुभएको छ ।
बाजागाजा सहित शिलान्यास सोमबार सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित चख्खु खोला पुल सिलान्यास तथा सम्मान कार्यक्रममा बोल्दै सांसद वस्नेतले अवको दुई तिन महिनामा नै कोटेश्वको जाम अन्त्य गर्ने बताउनुभयो ।
शोकलाई शक्तिमा बदल्ने हिम्मत रहेको भन्दै सांसद वस्नेतले उपत्यकाकै लामो तथा अग्लो झोलुङ्गे पुल तथा वेलिव्रिज निर्माण प्रकृया अघि वढाएको बताउनभयो । बन्जी जम्प गर्न अब भोटेकोशी जानु नपर्ने बताउदै तत्काल भक्तपुरमा नै गर्न पाइने जानकारी गराउनुभयो ।
उहाँले भक्तपुरमा हाल ठूला पुल १० वटा र साना पुल पाँच वटा योजनामा पार्न सफल भएको र आगामि दिनमा त्यसालाई अझ वढी वढाउँदै लगिने जानकारी दिनुभयो । उहाँले विकासको गति देशभर भएको, विकास विरोधीले राजनैतिक विरासत थाम्नको लागि मात्र विकास भएन भन्ने गरेको दावि गर्नुभयो ।
गरिखाने जोकोहीलाई स्वागत गर्नुपर्ने भन्दै सांसद बस्नेतले उद्योग विकास गर्न घर घरमा वसी भए पनि प्राविधि काम गर्नुपर्ने जोड दिनुभयो । त्यस्तै सिपाडोललाई नयाँ आधुनिक सहर निर्माण गर्ने तथा होम स्टेको विकास गरि जातिय, धार्मिक, सांस्कृतिक विकास गर्दै जाने बताउनुभयो ।
कागले कान लग्यो भन्दैमा कागको पछि लाग्नु नहुने आफ्नो कान पहिले छाम्नुपर्ने भन्दै सांसद वस्नेतले रंगशाला, कवोर्डहल, सभागृह, प्राणी उद्यान, स्मार्ट सिटी, ७०० सैयाको वीर अस्पताल निर्माण प्रकृया अघि वढिसकेको बताउनुभयो । पर्यटन विकासको लागि भ्यु टावर निर्माण गरिने निर्माणको प्रकृया समेत अघि वढीरहेको जानकारी गराउनुभयो । त्यस्तै व्यवस्थित तथा प्राविधियुक्त सहर निर्माण गर्न प्यानिकङ महत्वपूर्ण रहेको भन्दै प्लानिङमा कर वृद्धि गर्दै नीजि क्षेत्रलाई प्लानिङ गर्न प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेब थापाले जनतालाई अनिवार्य आवश्य तथा सामान्य जीवन यापनमा आई पर्ने कुनै पनि प्रकारका कार्यहरुमा नगरपालिकाले करको वृद्धि नगरेको बताउनुभयो । त्यस्तै मेयर थापाले जग्गाको प्लानिङमा मात्र कर वढाएको अन्य कुनै पनि कार्यमा कर नवढाएको बताउनुभयो ।
त्यस्तै पत्रकार महासंघ भक्तपुरका सभापति पुष्करराज बुढाथोकीले राजनीतिमा प्रतिपर्धा विकासमा एकता हुनेपर्नेमा जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्