असोज ९, कैलाली । गएराति परेको वर्षाका कारण कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।
धनगढी उपमहानगरपालिकाको एल।एन। चोक, विशालनगर, प्रदेश सभाहल, हसनपुर, धनगढी गाउँ, बसपार्क लगायतका क्षेत्र जलमग्न भएका छन् ।
सडकमा पानी जमेका कारण बिहानै स्कुल तथा कलेज जाने विद्यार्थीहरु बाटोमै रोकिएका छन् भने धनगढीका केही क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । हालसम्म कुनै मानवीय क्षती नभएको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्