समाचार

सरकारले दशैँ तिहारमा सञ्चालन गर्ने सुपथ मूल्य पसलमा कुन सामानको मूल्य कति ?



असोज १०, काठमाडौं ।  सरकारले दशैँ तिहार र छठपर्वलाई लक्षित गरेर असोज १२ गते देखि सुपथ मूल्यको पसल सञ्चालन गर्ने भएको छ  ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार यस्तो पसलको सञ्चालन नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ, दूग्ध विकास संस्थान मिलेर गर्नेछन् । उनीहरुले नेशनल ट्रेडिङको भवन नजिक  संयुक्त एकीकृत मूल्यको पसल सञ्चालन गर्नेछन् ।

दूग्ध संस्थानले घ्यु, पनिर लगायतका दुग्धजन्य वस्तुहरु काठमाडौँको लैनचौर, न्यूरोड र खुमलटार गरी तीन ठाउँबाट र काठमाडौँ उपत्यकाबाहिर हेटौँडाको औद्योगिक क्षेत्र र सालोक चोक, विराटनगरमा कञ्चनबारी र महेन्द्रनगर चोक, जनकपुरमा ढल्केवर र भानुचोक, बुटवलमा एक, नेपालगंज, कोहलपुरमा एक र धनगढीमा गरी नेपालभर १२ स्थानबाट विक्रि वितरण गरिनेछ ।

दाल चामल उद्योगले दाल चामलमा ३ प्रतिशत छुट, थोक विक्रेताले ३ प्रतिशत छुट,  तेल घ्यू उद्योगले तेल घ्यूमा ३ प्रतिशत , आयातित तेलमा प्रति पाँच लिटरमा १५० रुपैया, चिनी मूल्य अभिवृद्धि करबाहेक प्रतिकेजी ५७ रुपैयाँमा उपलब्ध गराउने, सहकारी उद्योगले उत्पादन गरेको मसलामा १० प्रतिशत छुट रहेको छ ।

नेपाल खाद्य संस्थानका उपभोग्य बस्तुमा यस्तो छ छुट

प्रतिकेजी ४५ रुपैयाँ पर्ने सोना मन्सुली चामलको ४० रुपैयाँ
६० रुपैयाँ पर्ने जिरा मसिनोलाई ५५ रुपैयाँ
प्रतिकेजी ९१ रुपैयाँ पर्ने बास्मती चामलाई ८१ रुपैयाँ
४८ रुपैयाँपर्ने गोरखनाथ चामललाई ३८ रुपैयाँ
८० रुपैयाँपर्ने जापानीज चामललाई ७५ रुपैयाँ
१३० रुपैयाँ पर्ने जुम्ली सिमी चामलको प्रतिकेजी १२० रुपैयाँ
८० रुपैयाँ केजीको जुम्ली तिते फापरलाई ७० रुपैयाँ
खसी बोकाको मासुमा प्रतिकेजी १० रुपैयाँ छुट