समाचार

दक्षिण कोरियाद्वारा नेपाललाई ५ करोड ५० लाख सहयोग



असोज १०, काठमाडौं । दक्षिण कोरियाले नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि ५ करोड ५० लाख आर्थिक सहयोग गर्ने भएको छ ।

बुधबार अर्थसचिव डा. राजन खनाल र नेपालका लागि दक्षिण कोरियाका राजदुत एचई पार्कले नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि यो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका छन  ।

दक्षिण कोरियाको ‘कोइका’ नामक अन्तराष्ट्रिय एजेन्सीमार्फत् नेपाल सरकारलाई उपलब्ध गराउने यो आर्थिक सहायता नेपालको प्राविधिक तथा व्यवसायिक शिक्षाको गुणस्तर वृद्धि गर्ने कार्यक्रममा खर्च हुने अर्थ सचिव खनालले जानकारी दिएका छन ।