समाचार

एक पेस्तोल र ६ राउण्ड गोलीसहित २ जना पक्राउ



असोज १०, धनुषा ।  धनुषामा एउटा पेस्तोल  गोलीसहित २ जना पक्राउ परेका छन् ।

 कमला नगरपालिका ६ का १८ वर्षीय राजगिर महतो र कमला नगरपालिका ८ का २५ वर्षका सत्रुधन ठाकुर रहेको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धानको विशेष टोलीले  बुधबार दिउँसो धनुषाको विदेह नगरपालिका –१, ठाडी झिजाबाट पक्राउ गरेको जनाएको छ ।