Banner News

पशुपतिमा एक बजेदेखि नै लाइनःपहूँच र पैशाको भरमा पास खरिद नियम खारेज



काठमाण्डौ,१३,फागुन । हिन्दुहरुको महान पर्व महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथ परिषरमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यस अघि पैसा र पहुँचको भरमा पासको खरिद विक्री गर्ने नियमलाई खारेज समेत गरिएको छ । महाशिवरात्रिको अवसरमा अनुयायीहरुको चापलाई ध्यानमा राख्दै बिहान साढे तीन बजेदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गरिएको पशुपति विकास कोष स्रोतले जनाएको हो । त्यहाँ बिहान १ बजेदेखि भक्तजनहरूको लाइनमा थियो ।

दर्शनका लागि साढे ३ बजेदेखि पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा, गोविन्द टन्डनले जनाए । टण्डनका अनुसार,उमाकुण्ड, मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका भक्तजन उत्तर ढोका, जयवागेश्वरीबाट प्रवेश गरेका भक्तजन पश्चिम ढोका र विमानस्थल एवम् गौशाला क्षेत्रबाट प्रवेश गरेका भक्तजन दक्षिण ढोकाबाट मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

महाशिवरात्रिका अवसरमा आज पशुपति क्षेत्रमा चार हजार नेपाल प्रहरी, २ हजार ५ सय सशस्त्र प्रहरी र ४ सय राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी गरी साढे सात हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।