असोज १०, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र दक्षिण कोरियाली राजदूत योङग सिक पार्कबीच भेटवार्ता भएको छ ।
मन्त्री पुनले भेटमा कोरियाले नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानप्रती सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए । उनले ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै कोरियाली लगानीकर्तालाई थप लगानी गर्न आव्हान समेत गरे ।
नेकपाका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले नेपालमा राजनीतिक स्थायीत्वको युग सुरु भइसकेको भन्दै वर्तमान सरकारको प्राथमिकता शिक्षा,स्वास्थ्य र पूर्वाधार विकासमा रहेको जानकारी दिंदै त्यसका लागि कोरियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।
भेटमा राजदूत पार्कले कोरियाली कम्पनीले बनाउने तयारी गरिरहेको २१६ मेगावाटको माथिल्लो त्रिशुली -१ जस्ता परियोजना नेपालको विकासको लागि आवश्यक रहेको भन्दै त्यसको प्रगतिबारे मन्त्री पुनलाई जानकारी गराएका थिए । उनले हेजिङ फण्डका लागि मन्त्री पुनले पहल गरिदिएको भन्दै धन्यवाद दिए ।
‘तपाईको मार्गभित्र मैले पढेको छु, त्यो एकदमै राम्रो पनि लाग्यो, तर हेजिङ फण्ड बन्यो भने त्यसले वैदेशिक लगानी भित्रयाउन सजिलो हुन्छ र तपाईहरुको सपना पूरा हुन्छ,’ राजदूत पार्कले भेटमा भने ।










प्रतिक्रिया दिनुहोस्