असोज ११, काठमाडौं । रोटरी क्लव अफ दरवारमार्गले नेपाल वाल संगठनमा आश्रीत रहेका एकसय बालबालिकालाई दशैंको उपहार स्वरुप करिव दुईलाख बराबरको विभिन्न सामग्री वितरण गरेको छ ।
हस्तान्तरण गरिएका दशैं उपहार सामग्रीमा बालबालिकाको लागि नयाँ लत्ता कपडा, खेलौना, खाना खाने प्टेल, कचौरा, गिलास, खाना पकाउने भाडा कुँडाका साथै टुथपेष्ट, ब्रस, साबुन र हाते रुमाल समेत गरि करीव २ लाख रुपैयाँ बराबरको सामग्री रहेको क्लवले जनाएको छ ।
क्लवका संस्थापक अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा.राजेन्द्र प्रसाद बराल र क्लवका वर्तमान अध्यक्ष सकुन्द राज अर्यालले ती सामग्री नेपाल वाल संगठनकी केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यलाई बुधबार हस्तान्तरण गर्नुभयो ।
क्लवका अध्यक्ष अर्यालका अनुसार क्लवले यसअघि संगठनकै सिफल, ललितपुरको ठेँचो र काभ्रेको पाँचखालमा आश्रीत थप २ सयजना बालबालिकालाई पनि हालै करीव ३ लाख रुपैयाँ बराबरको दशैं उपहार सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा संगठनकी अध्यक्ष वैद्यले सहयोगी दाता रोटरी क्लव दरवारमार्गलाई धन्यवाद दिनुभयो । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा.राजेन्द्र प्रसाद बरालले क्लवका पदाधिकारीहरुको व्यक्तिगत सहयोगबाट बालबालिकालाई दशैंको उपहार दिइएको बताउनुभयो ।
क्लवका वर्तमान अध्यक्ष सकुन्द राज अर्यालले वालसंगठनमा आश्रीत बालबालिकाको लागि यो पहिलो सहयोग रहेको र भविष्यमा पनि यस्ता सहयोग जारी रहने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्