काठमाण्डा,१३फागुन । सरकारले घोषणा गरेको निर्वाचनको विरोधमा नयाँ शक्तिपार्टीका संयोजक बाबुराम भट्टराई उत्रिएपछि उनको त्यो कदमको विरोधमा नयाँ शक्ति पार्टीभित्रै देखिएको छ । बाबुरामको कार्यशैली पनि तानाशायी भएको भन्दै उनीविरोध पार्टीभित्र संगठित हुनेहरुको संख्या बढ्न थालेको छ ।
पार्टीमा कुनै छलफल नगरी उपेन्द्र यादवसँग मिलेर विज्ञप्ती जारी गरिएको प्रकरणले पार्टीभित्रको विवाद सतहमा छताछुल्ल भएको छ ।
स्थानीय निकायको चुनावको विरोध गर्दै वावुराम भट्टराईले विज्ञप्ती निकालेको ५घण्टा नपुग्दै नयाँ शक्तिवालाहरुले वावुराम भट्टराईको चर्को आलोचना गर्दै अर्को विज्ञप्ती निकालेपछि नयाँ शक्तिमा खैलाबैला मच्चिएको हो। बाबुरामको यस्तो कार्यशैली र पार्टीलाई एक जना नेताको मात्रै प्राइभेट कंम्पनी बनाउने तरिकाले उनी हिड्ने र आफूलाई नसच्याउने हो भने उनीसंगै संगै अबको यात्रामा हिड्न नसक्ने नयाँ शक्तिका एक नेताले वताए ।
बुहारीको उपचारको बाहनामा दिल्लीबाट उपेन्द्र यादव फर्किए लगत्तै वावुराम भट्टराई र उपेन्द्र यादवद्धारा संयुक्त हस्ताक्षर गरिएको विज्ञप्ती सार्वजानिक भएको ५घण्टा नबित्दै नयाँ शक्तिवाला ९ जना केन्द्रीय परिषद सदस्यहरुले बिहिबार ध्यानाकर्षण गर्दै विज्ञप्ति निकालेसँगै नयाँ शक्तिमा खैलाबैला मच्चिएको हो ।
प्रतिक्रिया दिनुहोस्