समाचार

शून्य लागतमा रोजगारी : मलेशियासँग नयाँ श्रम सम्झौताका लागि छलफल



असोज १२, काठमाडौँ । शुन्य लागतमा बैदेशिक रोजगारीमा जान पाउन गरी नेपाल र मलेशियाबीच हुने श्रम सम्झौताको मस्यौदालाई मूर्तरुप दिन आज नेपाली प्रतिनिधिमण्डल र मलेशियाका उच्च अधिकारीबीच छलफल हुने भएको छ ।

  • नेपालबाट मलेशियामा कामदार आपूर्ति दुई देशको सरकार सम्मिलित (जिटुजी) प्रक्रियामार्फत हुनुपर्ने,
  • कामदारको सम्पूर्ण लागत खर्च रोजगारदाता कम्पनीरमुलुकले व्यहोर्ने गरी शून्य लागतमा रोजगारी,
  • कामदारको सामाजिक सुरक्षा, न्यूनतम् सेवा सुविधा, २४ घण्टे बीमा, स्वास्थ्योपचार ।

प्रतिनिधिमण्डलले मलेशियाको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरी दुईदेशबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुट्न बाँकी रहेका विषयमा सहमति जुटाउने बताइएको छ ।