समाचार

भक्तपुर प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजनाबारे जानकारी



असोज १२, भक्तपुर । नेपालीहरुको महान चाडपर्वको समयमा हुने विभिन्न प्रकारका चोरी, डकैती, लुटपात तथा अपहरण जस्ता कार्यहरु नियन्त्रणको लागि महानगरीय प्रहरी परिसर भक्तपुरले शान्ति सुरक्षा प्रदान गर्न २४ सै घण्टा सुरक्षा व्यवस्था कडा बनाउने भएको छ ।

प्रहरीले आज प्रेस विज्ञप्ती जारी गर्दै वडादशैं, दिपावली र छठ पर्वको अवसमा भक्तपुर जिल्लामा शान्ति सुरक्षालाई भरपर्दो तथा प्रभावकारी बनाउन परिसर तथा मातहतका प्रहरी इकाइहरुमा कार्यरत मौजुदा प्रहरी जनशक्ति तथा साधनस्रोतलाई परिचालन गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

चाडपर्वको समयमा सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन, निजि आवस, व्यापारिक स्थल, बैंक तथा वित्तिय संस्था, सूनचाँदी पसल, आर्थिक कारोबार हुने स्थान तथा मानिसहरुको चहलपहल बढी हुने ठाउँलाई उच्च प्राथमिकता दिदै अघि वढ्ने भएको छ ।

प्रहरीले चावडपर्वको समयमा हुन सक्ने उच्छ्रीङ्खल, झैझगडा, कुटपिट, तास, जुवा, लङ्गुर बुर्जा जस्ता सामाजिक रुपमा विकृति फैलाउन सक्ने कार्यलाई नियन्त्रणमा लिई शान्तिपूर्ण पर्वको रुपमा मनाउने वातावरण सिर्जना गर्ने योजना सार्वजनिक गरेको छ ।

अवन्छनिय गतिविधि नियन्त्रण गर्न प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गर्ने भएको छ । त्यस्तै भक्तपुर जिल्ला भर पैदल गस्ती गर्ने र सोको मोवाइल गस्तीबाट अनुगमन गर्ने जानकारी गराएको छ ।

त्यस्तै भक्तपुर प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने, घरेलु मदिरा नियन्त्रण गर्ने अभियाना सञ्चालन गर्ने, विभिन्न प्रकारका प्रचारमुलक कार्यहरु गर्ने, टोल टोलमा प्रहरी कार्यक्रमलाई प्रभावकारी बनाउने जस्ता जनमुखी कार्यहरु गर्ने जनाएको छ ।