विश्व

सिरिया विस्फोटमा ६० को मृत्यु



दमासकस, १३ फागुन । सिरियाको उत्तरी सहर अलबाब नजिकै भएको आत्मघाती बम हमलामा परी शुक्रबार कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

इस्लामिक स्टेट आइएसआतङ्ककारी समुृहले गरेको यस आक्रमणमा सिरियाली विद्रोहीको प्रभाव क्षेत्रलाई लक्षित गरिएको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्’ले जनाएको छ ।

यस आक्रमणमा परी मृत्यु हुनेमध्ये अधिकांश सिरियाली विद्रोही परेका उक्त मानव अधिकारवादी संस्थाका एक सदस्यले जानकारी दिएका छन् । घटना टर्कीको सिमा क्षेत्रमा भएको र टर्कीको सेना र टर्की सरकारको सहयोग प्राप्त सिरियाली विद्रोहीलाई लक्षित गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विस्फोटक पदार्थलाई हमलाकारीले सवारी साधनको तल्लो भागमा राखेर विस्फोट गराएका थिए । घटनामा इस्लामिक स्टेट ९आइएस० आवद्ध लडाकुको संलग्नता रहेको सिरियाली मानव अधिकारवादी बताएको छ ।

आइएस लडाकूहरुले भने घटनामा चार सय जना टर्कीका सुरक्षाकर्मी र विद्रोही लडाकुको मृत्यु भएको दाबी गरेका छन् । सिन्ह्वा