राजनीति

भट्टको अध्यक्षतामा जनस्वास्थ्य संघको नयाँ कार्यसमिति



असोज १५, काठमाडौं । श्रीकृष्ण भट्टको अध्यक्षतामा नेपाल जनस्वास्थ्य संघ (नेफा) को नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ ।

संघको शनिबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा भट्टले ६ सय ४ मत ल्याएर विजयी भएका हुन । यसैगरि संघको उपाध्यक्षमा कृष्णमान शाक्य, महासचिवमा महेश्वर श्रेष्ठ, सचिवमा दिपेन्द्र खडका, कोषाध्यक्षमा विनोद जोशी र सहकोषाध्यक्षमा संजिवकुमार साह निर्वाचित भएका छन ।

कार्यसमितिका सदस्यहरुमा राजनबाबु सिलवाल, निधुराम दंगाल, रामचन्द्र सिन्हा, रोशन लामा, रविकान्त मिश्र, विमला भट्ट, प्रजिता माली, कमल रानाभाट र कैलाश खाकी श्रेष्ठ निर्वाचित भएका छन् ।

संघमा नेपाली कांग्रेस निकटको पेशागत समूह र नेकपा निकट प्रगतिशील समूहबीच कडा प्रतिस्पर्धा भएको थियो ।