मनोरञ्जन

शुक्र लामाको ‘फेसबुकमा…’ बजारमा



काठमाडौं, १३ फागुन । गायक शुक्र लामा दोङको नयाँ गीत ‘फेसबुकमा…’ बजारमा आएको छ ।

गायक लामाको शब्द, संगीत रहेको गीतमा  नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ । ‘फेसबुकमा…’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा कर्मा लामालाई मोडल सविना, उरुशा पाण्ड र कर्माको अभिनय रहेको छ ।
रायन कार्कीले निर्देशन गरेको गीतको भिडियोलाई सुमित नेपालीले छांयाकन गरेका छन् ।

गीतमा फेसबुक, ट्विटरका कारण पर्ने माया प्रेम र त्यसको असरलाई देखाउन खोजीएको छ ।