विश्व

म्यासेडोनियाको नाम परिवर्तन गर्ने पक्षमा जनमत



असोज १५, एजेन्सी । म्यासेडोनियाका मतदाताले ग्रीससँग दशकौंदेखि रहेको विवाद सुल्झाउँदै आफ्नो मुलुकको नाम परिवर्तन गर्ने पक्षमा मतदान गरेका छन् ।

आइतबारको जनमतसङ्ग्रहमा न्यून मतदान भए पनि बहुसंख्यक मतदाताले अलग्गै नाम राख्ने प्रस्तावमाथि मतदान गरेका थिए ।

निर्वाचन आयोगका अनुसार, मुलुकका ९३ प्रतिशत मतदानस्थलको मतगणना गर्दा ९१।३ प्रतिशतले म्यासेडोनियाको नाम उत्तरी म्यासेडोनिया राख्न सहमति जनाएका छन् ।

म्यासेडोनियाका १८ लाख मतदातामध्ये करिब एक तिहाइले मात्र मतदान गरेका थिए । नाम परिवर्तन गरेमा म्यासेडोनियालाई नेटो र युरोपेली युनियनको सदस्यताका लागि सहयोग गर्ने ग्रीसले यसअघि नै प्रतिबद्धता व्यक्त गरिसकेको छ ।