समाचार

हिमाल, पहाड र तराई कोहि छैन पराई : गण्डकी प्रदेशसभाको लोगो तयार



असोज १६, पोखरा । हिमाल, पहाड र तराई कोहि छैन पराई भन्ने कुरालाई आत्मसात् गर्दै गण्डकी प्रदेशको प्रदेशसभाको लोगो तय भएको छ ।

सांसद मायानाथ अधिकारीको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसका आधारमा सभामुखले लोगो तथा पोशाक छनोट गरेको छन् ।

११ जना प्रतिस्पर्धीलाई पछि पार्दै गोरखाका बिनित रानामगरले बनाएको गण्डकी प्रदेशका लागि छानिएको लोगोमा नेपालको नक्साको मध्यभागका पर्ने गण्डकी प्रदेशलाई विभिन्न जातजातिको पोशाकसहितको चित्रले छुट्याइएको छ ।

गण्डकी प्रदेशमा समेटिएका हिमाल, पहाड र तराईलाई लोगोमा संकेत गरेको हुँ,’ बिनितले भने, ‘राष्ट्रिय पंक्षी डाँफे, फूल लालिगुराँस र नेपालको झण्डालाई पनि समेटेको छु ।’लोगोमा गण्डकी प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातीलाई पनि समेटेको ग्राफर विनितले बताए ।
बिनित गण्डकी प्रदेश सभा सचिवालयका कर्मचारी पनि हुन् ।

समितिले गरेको सिफारिसको आधारमा सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, कानुनमन्त्री हरिबहादुर चुमान, सांसद कृष्णबहादुर चुमान र कुमार खड्को उपस्थितिमा कार्यव्यवस्था समितिले लोगो छानेको हो ।